झापा । “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै कचनकवल जेसिजले देशभर चरम रक्तअभाव भइरहेको संवेदनशील घडीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।


कचनकवलमा सम्पन्न उक्त कार्यक्रममार्फत ५३ जना समाजसेवी, युवायुवती तथा उत्साही व्यक्तित्वहरूले रक्तदान गरेर अनगिन्ती मानव जीवन बचाउने पुण्य कार्यमा ऐतिहासिक योगदान दिएका छन्।
कचनकवल जेसिजले रक्तदानमा सहभागी सबै महान आत्माहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै यस कार्यले समाजमा मानवता, सेवा र एकताको सन्देश दिएको जनाएको छ।
रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक संस्था कचनकवल जेसिजले भविष्यमा पनि यस्ता जीवनरक्षक अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।