झापा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भद्रपुर शाखाका बाबुराम अधिकारी पाँचौं पटक MDRT, सन् 2026 का लागि पहिलो MDRT बन्न सफल भएकाछन्।


जीवन बीमा क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका बाबुराम अधिकारी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, भद्रपुर शाखाबाट लगातार पाँचौँ पटक MDRT (Million Dollar Round Table) सदस्य बन्न सफल हुनुका साथै सन् 2026 का लागि पहिलो MDRT सदस्य बन्ने ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको छ।
MDRT विश्वव्यापी जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा उत्कृष्टता, निष्ठा र व्यवसायिक इमानदारीको सूचक मानिन्छ। अधिकारीको यो निरन्तर सफलताले न केवल संस्थालाई गौरवान्वित बनाएको छ, तर समग्र कोशी प्रदेश र नेपाल बीमा क्षेत्रमा प्रेरणादायी उदाहरणको रुपमा स्थापित गरेको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. भद्रपुर शाखाका शाखा प्रमुखका अनुसार, “बाबुराम अधिकारी जस्तो समर्पित र निष्ठावान बीमा प्रतिनिधिको निरन्तर सफलता हाम्रो शाखा मात्र नभई सम्पूर्ण बीमा क्षेत्रका लागि गर्वको विषय हो। उहाँको मेहनत, ग्राहकप्रतिको समर्पण र पेशागत इमानदारीले आज यस स्तरमा पुर्याएको हो।”