झापा, असार ७ ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि झापा क्षेत्र नम्बर ३ (क) मा करोडौं रुपैयाँ बराबरका विकास योजना पार गरेको छ । नेपाली काँग्रेसबाट निर्वाचित कोशी प्रदेशसभा सांसद तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको विशेष पहलमा कचनकवल र भद्रपुर नगरपालिका (वडा नं. ९ र १० बाहेक) का लागि अघिल्ला वर्षहरुभन्दा धेरै योजना समेटिएका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार यस क्षेत्रका लागि राज्यमन्त्री राजवंशीले २० करोड रुपैयाँभन्दा बढीको योजना पार गराएका छन् । सांसदहरूले प्रत्यक्ष रुपमा २ करोड ५० लाख र समानुपातिक सांसदले १ करोड ५० लाख रुपैयाँ बराबरको योजना प्रस्ताव गर्न सक्ने व्यवस्था भएपनि मन्त्रीको जिम्मेवारी सम्हालेका कारण उनले थप योजना समेट्न सफल भएका हुन् ।

जसअनुसार : भौतिक पूर्वाधार विकास मन्त्रालय -४५%,सामाजिक विकास मन्त्रालय -२०%,खानेपानी तथा सिँचाइ मन्त्रालय -१५%,पर्यटन, वन तथा वातावरण मन्त्रालय -१५%,उद्योग, कृषि तथा सहकारी मन्त्रालय -५%

क्षेत्र नम्बर ३ (क) मा परेका योजनाहरूको मुख्य बुँदागत सूची :

१.कचनकवल–१ मा ग्रामीण सडक स्तरोन्नति २.कचनकवल-२ मा सिचाइ कुलो सुधार ३.भद्रपुर-७ मा सामुदायिक भवन निर्माण ४.विभिन्न विद्यालयमा शैक्षिक पूर्वाधार विस्तार ५.स्वास्थ्य चौकीको स्तरोन्नति तथा उपकरण खरिद ६.किसानका लागि सिँचाइ मोटर वितरण ७.कचनकवल र भद्रपुर सीमावर्ती क्षेत्रमा पर्यटन सम्भाव्यता अध्ययन ८.सामुदायिक भवन तथा खेलमैदान निर्माण ९.महिलाको सशक्तिकरणका लागि सीपमूलक तालिम १०.खानेपानी आयोजनाको विस्तार र मर्मत

स्थानीय स्तरमा कार्यान्वयन हुने यी योजनाहरूले क्षेत्रीय विकासमा गति ल्याउने विश्वास स्थानीयवासीले लिएका छन् । साथै, राज्यमन्त्री राजवंशीको पहलप्रति विभिन्न वडाका जनप्रतिनिधिहरूले पनि कृतज्ञता व्यक्त गरेका छन् ।IMG_20250621_150250