झापा - पि.के. श्रेष्ठ ज्वेलर्स कचनकवल वडा नम्बर २, सुकुनाडिगीको सहयोगमा लक्ष्मी माध्यमिक विद्यालय, बनियानीका कक्षा १ देखि ३ सम्म अध्ययनरत ४९ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको छ।

नेवा गुठी समाज कचनकवलका अध्यक्ष एवं रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका एमडिआरटी समाजसेवी पदम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथि केशर कुमारी मगर (श्रेष्ठ),अतिथि पँकज श्रेष्ठ र अतिथि बविन बैकरे समेत रहनु भएको थियो। कार्यक्रममा शिक्षक लिलाबल्लभ भट्टराईले सञ्चालन गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक सुकदेव पोखरेल कार्यक्रम अध्यक्ष रहनु भएको थियो। स्वागत मन्तव्य शिक्षक होमनाथ अर्जेलले व्यक्त गर्नुभएको थियो।Screenshot_2025-06-20-14-38-25-212_com.miui.gallery-edit

कार्यक्रममा बोल्दै समाजसेवी पदम बहादुर श्रेष्ठले आफू सामाजिक उत्तरदायित्वप्रति सधैं प्रतिबद्ध रहेको र शिक्षा नै जीवन परिवर्तनको मूल आधार भएकाले भविष्यका कर्णधार विद्यार्थीहरूलाई सानो सहयोगले पनि ठूलो प्रभाव पार्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रत्येक वर्ष कचनकवलका सामुदायिक विद्यालयहरूमा अध्ययनरत आर्थिक रूपमा पछाडि परेका जेहेन्दार विद्यार्थीहरूलाई पोशाक, स्कुल ब्यागलगायत आवश्यक शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो।Screenshot_2025-06-20-14-39-33-957_com.miui.gallery-edit

प्रधानाध्यापक सुकदेव पोखरेलले समाजसेवी श्रेष्ठप्रति आभार व्यक्त गर्दै यस्तो  कार्यक्रमले शिक्षा र समाजबीचको सहकार्यको उत्कृष्ट सहयोगले विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै अध्ययनमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सामुदायिक विद्यालयप्रति समाजका विभिन्न व्यक्तित्वहरूले देखाएको सकारात्मक योगदान प्रशंसनीय रहेको बताए।Screenshot_2025-06-20-14-39-04-493_com.miui.gallery-edit