बनियानी । चार वर्षअघि जीवन र मृत्युको दोभानमा उभिएका सयौं नागरिकका लागि आशाको ज्योति बनेर उदाएको बनियानीको सर्पदंश उपचार केन्द्र हिजोबाट चौथो वसन्तमा प्रवेश गर्दै, ‘जीवनको पक्षमा सरकार’ भन्ने भावनालाई पुनः उजागर गर्‍यो।

झापाको कचनकवल गाउँपालिका–६ (बनियानी) मा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा सञ्चालित सर्पदंश उपचार केन्द्र बनियानीको चौथो स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको छ। सोही अवसरमा कचनकवल गाउँपालिकालाई पूर्ण खोप पालिका तथा दीगो स्वास्थ्य सेवा सुनिश्चितता घोषणा गरियो-एक उदाहरणीय उपलब्धि, जो सबैको साझा समर्पणको परिणाम हो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तथा खोप संयोजक कालेन्द्रप्रसाद सिंह राजवंशीले जनस्वास्थ्यका योद्धा स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवको संकल्प, कार्यसमर्पण र नेतृत्व कौशलको खुलेर प्रशंसा गर्दै भावुक मन्तव्य दिनुभयो।IMG-20250618-WA0001

“सर्पदंशका कारण ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्यमा यादवको भूमिका निर्णायक रह्यो। मुस्कानसहित सेवा दिने सीमित साधनका बीच खटिएका हाम्रा सबै स्वास्थ्यकर्मी परिवर्तनका आधार हुन्। यस्तो निष्ठावान नेतृत्व र स्वास्थ्यकर्मी-पत्रकार कचनकवलको भाग्य हो।”

कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले पूर्ण खोप सुनिश्चितता घोषणा सँगै सर्पदँश उपचार केन्द्र स्थापनाको चौथो वर्ष प्रवेशलाई शुभकामनाका साथै प्राथमिक स्वास्थ्य केन्द्रको संस्थागत गुणस्तर सुधारमा बल दिँदै जनचासोका विषयहरूलाई संवेदनशील ढंगले लिनुपर्ने आवश्यकता औंल्याउनुभयो।Screenshot_2025-06-17-22-14-05-524_com.facebook.katana-edit

पालिकाकै पहिलो युवा उर्जाशील प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले खोपजस्तो जीवन–रक्षात्मक सेवाको दायित्व सँसारमै नीजि क्षेत्रलाई नरहेकाले सरकारी क्षेत्रको जिम्मेवारीमा पर्ने भएकाले त्यसप्रति स्वास्थ्यकर्मी समर्पित रहनुपर्ने धारणा राख्नुभयो।

स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले भावुक हुँदै विगत चार वर्षमा ८५६ जना सर्पदंश पीडितको सफल उपचार र एकजनाको पनि ज्यान नगएको उल्लेख गर्दै यो सफलताको श्रेय सबै सरोकारवालाको समर्पणलाई दिनुभयो।IMG-20250618-WA0000

“सङ्घीय, प्रदेश, स्थानीय सरकार, सञ्चारकर्मी, समाजसेवी, स्वास्थ्यकर्मी सबैको साझा प्रयास र साथले मात्रै यो सम्भव भयो। अबको हाम्रो लक्ष्य दीगो, गुणस्तरीय र आत्मनिर्भर स्वास्थ्य प्रणाली हो।”IMG-20250618-WA0002

कार्यक्रममा स्वास्थ्य सेवामा योगदान दिने अभियन्ता किशोरमान राई, रामप्रसाद भट्टराई, गणेशमान मुखिया, इन्द्रजीत मुखिया, रत्न बुढाथोकी, हर्कबहादुर गुरुङ र महेशचन्द्र नेपाललाई विशेष सम्मान प्रदान गरियो।

जनस्वास्थ्य निरीक्षक महेशचन्द्र नेपालले पालिकाका सातै वडाको खोप सम्बन्धि तथ्यांक प्रस्तुति गर्दै स्वास्थ्य चौकीहरूलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र प्रदान गरिएको यो अवसर, स्वास्थ्य क्षेत्रमा कचनकवलको सशक्त यात्राको प्रमाण बन्न पुग्यो।IMG-20250618-WA0003

जनस्वास्थ्य निरीक्षक नवीन मिश्रले सञ्चालन गर्नु भएको कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा नागरिकहरूले स्वास्थ्य क्षेत्रमा हाल सरकारद्वारा गरिएका कामलाई तन–मन छुने र आशाका उज्याला किरणका रूपमा चित्रण गरे।

कचनकवल आज स्वास्थ्य आत्मनिर्भरता तर्फको यात्रा तय गर्दैछ-जहाँ सर्पको विषभन्दा बलियो देखिएको छ समुदायको विश्वास, समर्पित नेतृत्व र सेवामा होमिएका हातहरूको साहस।