झापा – झापाका कचनकवल र भद्रपुर स्थानीय तहमा गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरूको वर्चस्व निर्विवाद छ। यही सन्देशलाई अझ स्पष्ट बनाउन स्थानीय तहभित्र आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउने तयारी कस्तो भइरहेको छ?


स्थानीय नेताहरू तुलाराम अधिकारी, कुल बहादुर कार्की, किरण सुब्बा लगायत अन्य गणतन्त्र पक्षधर पार्टीका नेताले संयुक्त रूपमा गणतन्त्रको रक्षाका लागि अबको समय अभिमत, चेतना र संगठनको शक्ति देखाउने बेला भएको सन्देश दिने कि नदिने ? देशभर गणतन्त्रविरोधी विचारधारालाई पुनः स्थापित गर्ने षड्यन्त्रहरू चलिरहेका बेला झापा जस्तो अग्रगामी भूमिबाट गणतन्त्र पक्षधरको सशक्त सन्देश जानु आवश्यक भएकोले प्रमुख राजनीतिक पार्टीका नेतासँगको भनाइ यस्तो छ :
नेकपा (माओवादी केन्द्र) अध्यक्ष किरण सुब्बाको भनाइमा, "गणतन्त्रको विकल्प राजतन्त्र होइन भन्ने सन्देश जनताले दुई पटकको निर्वाचनमा पाइसकेका छन्। अब तेस्रोपटक इतिहास फर्काउने सपना देख्नु हाम्रो क्षेत्रका जनताको अपमान हो।"
नेकपा (एमाले) अध्यक्ष कुल बहादुर कार्कीको भनाइमा, "राजा फर्काउने सपना देखाउँदै गणतन्त्रको मलामी जाने उद्घोष गरिरहेकाहरूले आफ्नो क्षेत्रमा जनताका लागि कुनै ठोस काम गर्न सकेका छैनन्। जनताले विकास होइन, धोका पाएका छन्।"
त्यस्तै नेपाली काँग्रेस अध्यक्ष तुलाराम अधिकारीले भने, "कचनकवल गाउँपालिकामा हामी सबै गणतन्त्र पक्षधर शक्तिहरू एउटै मञ्चमा उभिएर संयुक्त कार्यक्रम गरिरहेका छौं। गणतन्त्र दिवस हाम्रो सशक्त प्रतिबद्धताको प्रतीक बन्नेछ।"
विगत दुई निर्वाचनमा यश झापा क्षेत्र नम्बर ३ का जनताले राजतन्त्र पक्षधर शक्तिलाई प्रतिनिधिसभासम्म पुर्याए पनि अहिले राजतन्त्रका अवशेष सोच बोकेका केही समूहहरूले काठमाडौंमा "गणतन्त्रको मलामी" जुलुस निकाल्ने घोषणा गरेका छन्। यसप्रति प्रतिक्रिया दिँदै यी नेताहरूले गणतन्त्र र संविधानको रक्षा गर्न अब अझ संगठित र चेतनशील हुनुपर्ने बताएका छन्।
गणतन्त्र दिवसका दिन स्थानीय तह कचनकवल गाउँपालिकाभित्र गणतन्त्र पक्षधर पार्टीका नेता, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता र आम नागरिकले सक्रिय सहभागिता जनाउने अपेक्षा गरिएको छ।
"गणतन्त्रको रक्षामा अब सबै गणतन्त्र पक्षधर शक्तिहरू एकजुट हुन्छन्, यही नै सन्देश हो," तीनै नेताहरूको साझा अभिव्यक्ति रहेको छ।
कचनकवल गाउँपालिकाको सूचना :