झापा – कचनकवल गाउँपालिकाले सामाजिक परीक्षण मापदण्ड २०७८ अनुसार शैक्षिक वर्ष २०८१ मा शिक्षा क्षेत्रको मूल्याङ्कन गरी उत्कृष्ट विद्यालयको रुपमा मोति माध्यमिक विद्यालयलाई प्रथम स्थान र लक्ष्मी माध्यमिक विद्यालयलाई दोस्रो स्थानमा चयन गरेको छ।
पालिकाबाट आयोजित मूल्याङ्कनका आधारमा उत्कृष्ट विद्यालय घोषित भएका विद्यालयहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। प्रथम स्थान हासिल गरेको मोति माविले रु. ३,००,००० (तीन लाख रुपैयाँ) पुरस्कार प्राप्त गरेको छ भने दोस्रो स्थान प्राप्त लक्ष्मी माविले रु. २,००,००० (दुई लाख रुपैयाँ) पुरस्कार प्राप्त गर्न सफल भएको छ।
विद्यालय परिवारको निरन्तर प्रयास, विद्यार्थीको उपलब्धि र शैक्षिक वातावरणका आधारमा गरिएको मूल्याङ्कनले विद्यालयहरूको मनोबल उच्च बनाएको छ। पालिकाको यो पहलले शैक्षिक गुणस्तर सुधारमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
यस उपलब्धिमा विद्यालय परिवारलाई बधाई दिँदै कचनकवल गाउँपालिकाले आगामी दिनहरूमा अझ प्रगतिशील कार्यका लागि शुभकामना व्यक्त गरेको छ।




















