

झापा । कचनकवल गाउँपालिका वडा नं. ३ का अध्यक्ष ग्यास अजमल मियाँका ससुरा एवं समाजसेवी राफुद्धिन मियाँको ६८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि सुगर र प्रेसरको नियमित औषधि सेवन गर्दै आएका उहाँलाई हिजो राति १२:२५ बजे अचानक हृदयाघात भएपछि निधन भएको हो।
सहयोगी मनका धनी स्वर्गीय राफुद्धिन मियाँ समाजसेवामा समर्पित व्यक्तित्व हुनुहुन्थ्यो। उहाँका दुई छोरा र तीन छोरी रहेका छन्। परिवार शोकमा रहेको छ भने स्थानीय बासिन्दा, आफन्त तथा शुभेच्छुकहरूले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
इस्लाम धर्मअनुसार उहाँको चाह्रौँ (चाहराम) दिनका दिन फकीरलाई दानदक्षिणा र गरीबहरूलाई भोजन गराइनेछ। त्यस्तै, दशौँ, बीसौँ, तीसौँ र चालिसौँ दिनमा काजकिरिया सम्पन्न गरिनेछ।