झापा । कचनकवल जेसिसको तेस्रो पद हस्तान्तरण कार्यक्रम पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी ,उपाध्यक्ष नवराज भट्टराई र पूर्व प्रदेश सभा सदस्य बसन्तकुमार बानियाँले विशिष्ट आतिथ्य प्रदान गर्नुभएको थियो ।

उक्त विशेष कार्यक्रममा समाजका विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थिति रहेको थियो । २०२५ का अध्यक्षका रूपमा युवा व्यक्तित्व निर्मल दाहालले नेतृत्व सम्हाल्नु भएको छ । उहाँको नेतृत्वमा रहेको नयाँ कार्यसमितिलाई कार्यक्रममा उपस्थित सबैले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

युवाको नेतृत्वले आशा र भरोसा जगाउने कामना गर्दै अतिथिहरुले कार्यक्रममा अध्यक्ष निर्मल दाहाल र उनको टोलीलाई युवा व्यक्तित्व विकास ,सामाजिक अभियानको अग्रणी भूमिका ,रचनात्मक गतिविधि ,समतामूलक समाज निर्माण ,विधिको शासन ,नैतिक आचरणयुक्त युवा शक्ति निर्माण ,विभेदको अन्त्य र संस्कारयुक्त राजनीतिक चेतना विकासका लागि शुभकामना दिइएको थियो ।Screenshot_20250126_165227_Facebook

कार्यक्रममा सहभागी अतिथिहरूले कचनकवल जेसिसको नयाँ नेतृत्वलाई समाज सेवाका हरेक क्षेत्रमा सकारात्मक सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा युवाहरूले सकारात्मक सोच ,नेतृत्व विकास र सामाजिक सुधारको लागि सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।Screenshot_20250126_165515_Facebook

कचनकवल जेसिसको यो तेस्रो पद हस्तान्तरण कार्यक्रमले युवाहरूको क्षमता अभिवृद्धि र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याउने आशा गरिएको छ । नयाँ नेतृत्व र टोलीले कचनकवलका युवाहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न प्रभावकारी पहल गर्ने विश्वास गरिएको छ ।