झापा।कचनकवल गाउँपालिका १ घेरावारीका दुवै मृगौला फेल भई उपचार गराइरहेका ४१ वर्षीय लक्ष्मण थापाको जीवन रक्षाका लागि सहयोगको अपिल गरिएको छ।

थापाको दुवै मृगौला फेल भई गम्भीर स्वास्थ्य समस्यामा रहेकोले हप्ताको दुई पटक मृगौला डाईलासिस भईरहेको उनका आफन्त कुमारले बताए। रोग परीक्षणका पश्चात् दुवै मृगौला फेल भई उपचार गराइरहेका थापाको अहिलेसम्मको उपचारमा लाखौँ खर्च भैसकेको उनले बताए ।

परिवारको आम्दानीको धरोहर नै बिरामी पर्दा आर्थिक सङ्कटले आफूसँग भएको आर्थिक र सरसापट गरेको रकम उपचारमा सकिसकेको बताए। घरको आर्थिक अवस्था कमजोर भएका कारण घरमा चरम आर्थिक अभावले मृगौला फेर्ने प्रक्रिया अघि बढ्न नसकेको बताए।Screenshot_20240825_111631_Messenger

उनले मृगौला प्रत्यारोपण र अन्य औषधि उपचारका लागि लाग्ने लाखौँ रकम जुटाउन समस्या परिरहेकाले सबैमा सहयोगको अपिल गरेका छन्। उनले सम्पूर्ण मनकारी दाताहरूलाई मानवीय सेवाका लागि आफूले सक्दो आर्थिक सहयोग गरिदिन र लक्ष्मणको जीवन रक्षाका लागि विनम्र अनुरोध गरेको बताए। साथै सो अभियानमा थोर बहुत आर्थिक सहयोग गर्न चाहानेले अनलाइन मोबाइल बैंकिङ मार्फत ट्रान्सफर तथा लक्ष्मण थापाको सिद्धार्थ बैङ्क लिमिटेडको खाता नम्बर ०२२१५३६५३३० मा वा क्यु-आर कोड स्क्यान गरि रकम जम्मा गरिदिन अनुरोध गरिएको छ।IMG-20240822-WA0000 1

अत्यन्त जरुरी सूचना :

Screenshot_2025-06-12-11-41-03-424_com.android.chrome-edit

Screenshot_20240825_111607_Messenger